Sat. Jul 27th, 2024

चिनिया राजूदत हौ यान्छीको राजनीतिक भेटघाट तिब्र, एकै दिन माधव नेपाल र कृष्णबहादुर महरासँग भलाकुसारी

- बढ्दो राजनीतिक गतिरोधमा छिमेकीको चासो

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

संसद बिघटनपछि चर्किएको राजनीतिक तनाबसँगै नेपालस्थित चिनिया राजदूत हौ यान्छीले राजनीतिक भेटघाटलाई तिब्रता दिनु भएको छ ।

पूर्वसभामुख तथा सत्तारुढ नेकपाको प्रचण्ड-माधव पक्षका स्थायी समिति सदस्य कृष्ण बहादुर महरासँग चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार महरा निवासमा भेट गर्नु भएको थियो ।

नेकपाको आन्तरिक विवाद समाधान गराउन र फुटबाट जोगाउन सक्रिय यान्छी नेकपा राजनीतिक रुपमा फुटेपछि महरालाई भेट्न पुग्नु भएको हो । राजदूत यान्छीको महरासँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी शुक्रबारै नेपाल कम्युनिस्ट पार्टीका नेकपाको प्रचण्ड समूहका अध्यक्ष माधव नेपाललाई पनि चिनियाँ राजदूतले भेट गर्नु भएको छ ।

नेकपाको विवादमा चिनियाँ राजदूतले समन्वयकारी भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ। विवाद उत्कर्षमा पुगेका बेला दुई छिमेकीहरु सक्रिय हुने गरेको बताइन्छ।

हाल नेकपा विभाजितको अबस्थामा छ। अध्यक्ष केपी ओली र प्रचण्ड समूहले एक अर्कालाई अध्यक्षको भूमिकाबाट हटाएका छन्।

कोटेश्वरस्थित नेपालकै निवासमा यान्छीले भेट गरेको नेपालको सचिवालयले जानकारी दिएको छ। यान्छीले प्रचण्ड समूहले नेपाललाई अध्यक्ष बनाएपछि पहिलोपटक भेट गर्नु भएको हो ।

यसअघि राजदुत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्प कमल दाहाल प्रचण्डलाई भेट्नु भएको थियो ।

Facebook Comments