एनपिएल क्रिकेट : काठमाण्डू एक सय ११ रनमा ‘अलआउट’
काठमाण्डू । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि ११२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाण्डूले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो ।
काठमाण्डूका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् । त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८र१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।
यता काठमाण्डूलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीनरतीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे । यस खेलको विजेता टोलीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comments

