Sun. Sep 8th, 2024

“हामी यहाँ छौं” भन्दै प्रचण्ड, नेपाल र खनाल माईतीघरमा

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु माइतीघर मण्डलामा पुग्नु भएको छ ।

‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उहाँहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी हुनुभएको हो ।

माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाँदैछन् । आयोगमा पुगेर उनीहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिन्हको आधिकारिकता आफुहरुमै रहेको जानकारी गराउने छन् ।

प्रचण्ड-नेपाल समूहले आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ। आजै राजधानीमा पार्टी अध्यक्षको तर्फबाट २ बजे पत्रकार सम्मेलन गर्दैछन्। यो समूहले प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय गरेको थियो।

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरिएका सबै रिटको सुनुवाइ आज एकसाथ संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।

अब सबै रिटमा आज प्रधानन्यायाधीश राणासहित सर्वोच्चका न्यायाधीश  हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी संलग्न संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

Facebook Comments