Thu. May 2nd, 2024

नेपालको अन्तर्राष्ट्रिय सीमा निरीक्षण गर्न समिति गठन, तीन महिनामा भित्र प्रतिवेदन बुझाउने कार्यादेश

काठमाडौं, २०७६ मंसिर ६ गते शुक्रबार ।

सरकारले नेपालको अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति गठन गरेको छ । भारत नेपाल सीमा र नेपाल चीन सीमा निरीक्षण समितिहरू गठन गरेको हो । गोरखापत्र अनलाईनका अनुसार नेपाल भारतबीच सीमा विवाद सतहमा आएका बेला सरकारले काम थालेको तीन महिनामा भित्र परराष्ट्र मन्त्रालयलाई सो प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विहीबार मन्त्रालयमा मान्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । सो कार्यदेशमा समितिले दुई देशबीचका सीमा स्तम्भहरू दुरुस्त रहे नरहेको हेर्ने, सीमा अतिक्रमण भए नभएको हेर्ने, सीमा स्तम्भ, मार्करहरू आदि ठीक स्थानमा रहेको नरहेको निरीक्षण गर्ने कुरा समेटिएका छन् । साथै चीनसँगको सीमाका सम्बन्धमा मौसम अनुकुल हुनसाथ समितिले काम थाल्ने बताइएको छ ।

Facebook Comments