Fri. Apr 19th, 2024

एनसेलले २१ अर्ब १० करोड लाभकर तिरे पुग्ने सर्वोच्चको फैसला

काठमाडौं, २०७६ मंसिर ५ गते बिहीबार ।

सर्वोच्च अदालतले एनसेलले तिनुपर्ने लाभकरबारे फैसला गरेको छ। सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले अब एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ पूँजीगत लाभकर तिनुपर्ने फैसला गरेको हो।

नागरिक न्यूज अनलाईनका अनुसार पूँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ एनसेलले तिरेको भनिएको थियो। तर ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ बाँकी रहेको भनी पत्राचार गरेको थियो । त्यसलगत्तै एनसेल सर्वोच्च अदालत गएको थियो।

एनसेलबारे सर्वोच्चको फैसलाले १७ अर्ब ९५ करोड ६७ लाख १३ हजार २ सय ५० रुपैयाँ कम तिर्नुपर्ने भएको छ।

Facebook Comments