Sat. Jul 27th, 2024

राष्ट्रियताप्रति लड्नुपर्ने बेलामा पार्टीलाई फुटाउनु खोज्नु दुर्भाग्य : अध्यक्ष ओली

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जहिले पनि देशमा संकट पर्दा आफूमाथि हमला हुने गरेको बताउनुभएको छ ।

मंगलबार नेकपाको केन्द्रीय कमिटीको बैठकमा संविधानसभा विघटन गर्नुपरेको औचित्य पुष्टि गर्नुहुँदै उहाँले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले आक्रमण गर्ने गरेको बताउनुभएको हो ।

देशमा केही हुन सक्दैन भनेर नेपाली जनताले आशा र भरोसा त्यागिसकेको अवस्थामा जनतालाई विश्वास दिलाइसकेको अवस्थामा पार्टीकै एक पक्षले सरकार गिराउन चलखेल गरेको बताउनुहुँदै उहाँले विगतमा छुटेको भूभागलाई नेपालको राजनीतिक नक्सामा समेटेको जानकारी दिनुभयो ।

देश एकजुट भएर राष्ट्रियताप्रति जागरुक भएर लड्नुपर्ने बेलामा पार्टीलाई फुटाउनु खोज्नु दुर्भाग्य भएको उहाँले बताउनुभयो ।

https://www.facebook.com/watch/live/?v=2617935121829782&ref=external

Facebook Comments