Sat. Jul 27th, 2024

प्रधानमन्त्री ओलीले आज देशबासीलाई सम्बोधन गर्नुहुँदै

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा विघटन भएपछि नागरिकको चासो बढेपछि त्यसलाई प्रष्ट पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार दिउँसो ३ बजे सम्बोधनको तयारी गरिएकाे छ । सरकारको पछिल्लो कदमले नेकपाभित्रकै अर्का खेमाका नेताहरु नागरिकमा भ्रम फैलाउन र प्रधानमन्त्री ओलीलाई किनारा पार्ने दूस्प्रयासमा लाग्नुभएपछि प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत नागरिकलाई प्रष्ट पार्न खोज्नुभएको हो बजगाईले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आज विहान बालुवाटारमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई भेला गरेर आफूले लिनुपरेको बाध्यात्मक कदमबारे प्रष्ट पार्नुभएको छ । यसैबीच अहिले केही बेरमा नयाँ बानेश्वरस्थित संसद भवनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला बस्ने तयारी भएको छ

Facebook Comments