Sat. Jul 27th, 2024

मानवअधिकारकर्मी कृष्ण पहाडी पक्राउ

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

संसद विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा मानवअधिकारकर्मी कृष्ण पहाडी पक्राउ पर्नु भएको छ ।

सोमबार बिहान प्रदर्शनका लागि सिंहदरबार पुग्नु भएका मानवअधिकारकर्मी कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पहाडी नेतृत्वका टोलीहरुले ‘‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ ‘प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । पहाडीसहित १६ जनालाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन भैरहेकाे छ ।

Facebook Comments