Sat. Jul 27th, 2024

मध्यावधि निर्वाचनका लागि प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगसँग छलफल

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगका प्रमुख र सदस्यसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मध्यावधि निर्वाचनका सम्बन्धमा प्रधानमन्त्री ओलीले आज अपरान्ह बालुवाटारमा छलफल गर्नुभएको हो । छलफलमा आयोगले प्रधानमन्त्री ओलीलाई एकै चरणमा मध्यावधि निर्वाचन गर्न सुझाव दिएको छ । आयोगले मतपेटिका सुरक्षामा चुनौती आउने भएकोले दुई चरणमा निर्वाचन गर्न समस्या हुने बताएको हो ।

प्रमुख आयुक्त दिनेश थपलियाले मतपेटिकाको सुरक्षाका लागि २७ वैशाखमा एकैचरणमा निर्वाचन गर्न सुझाव दिएको बताउनुभएको छ ।

Facebook Comments