Sat. Jul 27th, 2024

प्रचण्डको निजी सचिवालय भन्छ: ‘राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमतिको हल्ला निराधार’

काठमाडौं, २०७७ पुस १ गते बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले अध्यक्षद्वयबीच आदानप्रदान भएका पत्र र राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति भयो भनेर गरिएको हल्ला निराधार भएको बताएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार भएको प्रष्ट पार्नु भएको छ । उहाँले सबै प्रस्ताव पार्टीको स्थायी समिति र केन्द्रीय समितिमा छलफल हुने बताउनु भयो ।

‘बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने’, ‘राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु ।’ सापकोटाले भन्नु भएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार यसअघि बालुवाटार स्रोतले भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आदनप्रदान भएका पत्र फिर्ता गर्ने सहमति भएको जानकारी दिएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्रोतले समेत पत्र फिर्ता लिन भएको मागप्रति छलफलमा असन्तुष्टि राखेको प्रष्ट पारेको छ । प्रधानमन्त्री ओली पक्षले पत्र र राजनीतिक प्रतिवेदन फिर्ताको माग गरे पनि त्यो अस्वीकार गरिएको प्रचण्ड र नेपाल पक्षको दाबी छ ।

Facebook Comments