Sat. Jul 27th, 2024

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा छलफल

फाईल फोटो

काठमाडौं, २०७७ मंसिर ३० गते मंगलबार

नयाँ अध्यादेश बमोजिम बसेको संवेधानिक परिषद्को बैठक सकिए लगत्तै शीतल निवास पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा छलफल भएको छ ।

मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकको सिफारिस लगत्तै संवैधानिक परिषद् सम्बन्धि अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि उत्पन्न भएको राजनीतिक गतिरोधका विषयमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको अनुमान छ ।

संवैधानिक परिषद् बैठकमा बहुमत सदस्यले निर्णय गर्नेगरी आएको अध्यादेशको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य विपक्षी दलहरुले चर्को विरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा परिषद् बैठक राख्नु भएको थियो । बैठकमा केही महत्वपूर्ण निर्णय भएको हुन सक्ने बताईए पनि यस विषयमा कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

Facebook Comments