Sat. Jul 27th, 2024

हङकङले अमेरिकी कूटनीतिक पासपोर्ट वाहकहरूको हङकङको भिसामुक्त भ्रमण रद्द गरेको छ

Hong Kong

काठमाडौं, २०७७ मंसिर २७ गते शनिबार

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले अमेरिकी कूटनीतिक पासपोर्ट वाहकहरूको हङकङको भिसामुक्त भ्रमण रद्द गरेको छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रवक्ताले बिहीबार राती (डिसेम्बर १० तारिख ) देखि नै त्यसलाई कार्यान्वयन गरिएको बताएका छन् । हङकङ सरकारको यो कदमलाई केन्द्रीय सरकारले अमेरिका विरुद्ध चालेको प्रतिरोधी कदम भएको प्रवक्ताले जानकारी दिए ।

सीआरआईका अनुसार यो आदेश लागू भएपछि विमानस्थल प्रतिबन्धित क्षेत्रमा प्रत्यक्ष पारगमन र बसोबासका साथै अमेरिकी कूटनीतिक पासपोर्टवाहकहरूले हङकङ भ्रमण गर्नु अघि सबैभन्दा पहिले चिनियाँ दूतावासमा भिसाका लागि आवेदन दिनुपर्नेछ ।

Facebook Comments