राष्ट्रपति समक्ष चिनियाँ रक्षामन्त्रीद्वारा शिष्टाचार भेट
![](http://voiceofkathmandu.com/wp-content/uploads/2020/11/president_chinese.jpg)
काठमाडौं, २०७७ मंसिर १४ गते आईतबार
नेपाल भ्रमणमा रहनुभएका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नु भएको छ ।
गोरखापत्र अनलाईनका अनुसार सो भेटघाटमा राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवम्, स्वतन्त्रताको सम्मान गदै आएकोमा मित्र राष्ट्र चीनको सराहना गर्नुभयो । साथै उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सूदृढ गर्न यो भ्रमण कोशे ढुंगा रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
Facebook Comments