Sat. Jul 27th, 2024

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे काठमाडौंमा, प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

काठमाडौं, २०७७ मंसिर १४ गते आईतबार

नेपालको एक दिने भ्रमणमा आउनु भएका चिनिया स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा साँझ शिष्टाचार भेट गर्नुभएको छ ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपालको भ्रमण सम्पन्न गरे लगत्तै आउनु भएका चिनिया रक्षामन्त्रीको भ्रमणलाई कुटनीतिज्ञहरुले महत्वका साथ हेरेका छन् ।

गोरखापत्र अनलाईनका अनुसार चिनिया रक्षमन्त्री आजै नेपालको एक दिने भ्रमणका लागि काठमाडौं आउनु भएको हो ।

Facebook Comments