Sat. Jul 27th, 2024

प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिवद्वारा शिष्टाचार भेट

काठमाडौं, २०७७ मंसिर ११ गते बिहीबार

भारतका विदेश सचिव हर्षवर्धन शृङ्लले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार  सूर्य थापाले बताउनुभयो । उहाँ नेपाल भ्रमणका लागि आज काठमाडाैं आइपुग्नु भएकाे थियाे ।

बिहीबार काठमाडौँ आउनु भएका भारतीय विदेश सचिव श्रृंगला दुई दिने भ्रमणमा हुनुहुन्छ । उहाँ काठमाडौँ आएदेखी निरन्तर भेटघाटमा हुनुहुन्छ । उहाँले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागीता जनाउनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुभएको छ ।

श्रृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र बौद्ध गुम्बाको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments