Sat. Jul 27th, 2024

दुवाडी, कार्की र आचार्य सचिवमा बढुवा

काठमाडौं, २०७७ मंसिर १० गते बुधबार

सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रशासन अनलाईनका अनुसार बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवत्रय गोकर्ण दवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

प्रशासनतर्फ गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा गरेकोमा पहिलो नम्बरका दुवाडी बढुवा भएका छन् भने कृषि र इन्जिनियरिङतर्फ ज्येष्ठताका आधारमा क्रमश: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यलाई बढुवा गरेको गरिएको हो ।

Facebook Comments