Sat. Mar 14th, 2026

नब्बे लाख भारतीयहरुमा कोरोना महामारीको संक्रमण

       

काठमाडौं, २०७७ मंसिर ६ गते शनिबार

भारतमा कोरोना भाइरस महामारीका संक्रमितहरूको संख्या ९० लाखभन्दा बढी पुगेको छ । यो संख्या अमेरिका पछिको दोश्रो हो । हाल भारतका केही गम्भीर महामारी क्षेत्रहरूले महामारीको रोकथाम तथा नियन्त्रणको लागि नयाँ कदम चालेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयले नोभेम्बर बीस तारिख विहान सार्वजनिक गरेको तथ्यांकअनुसार, विगत २४ घण्टामा त्यहाँ ४५ हजार ८ सय ८२ जना संक्रमित थपिएका छन् भने संक्रमित भएकाहरूको संख्या ९० लाखभन्दा बढी पुगेको छ।

Facebook Comments