Sat. Jun 14th, 2025

महामारीपश्चात विश्वको पुनर्निर्माणबारे चीनका परराष्ट्र मन्त्रीको भनाइ

फाईल फोटो

काठमाडौं, २०७७ मंसिर ६ गते शनिबार

महामारीपश्चात विश्वको पुनर्निर्माण विश्व थिङ्कट्याङ्क सम्मेलनमा चीनका परराष्ट्र मन्त्री वाङ यीले ‘एकताबद्ध सहयोगलाई मजदूत गर्दै उज्ज्वल भविष्यको सिर्जना गरौं’ विषयमा भिडियो सम्बोधन गर्नुभएको छ।

सीआरआईका अनुसार सन् २०२० मा कोभिड-१९ महामारी तथा सय वर्षमा देखा नपरेको परिवर्तनको प्रभावमा अन्तर्राष्ट्रिय परिस्थितिमा नयाँ परिस्थिति देखा परेको छ। वाङले विभिन्न मुलुकले प्रकोपबाट अनुभव सिकेर शक्ति संचय गरेर मानवजातिको उज्ज्वल भविष्यका लागि संयुक्त रूपमा निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

विश्व थिङ्कट्याङ्क सम्मेलन इन्डोनेशियाको कूटनीतिक नीति संघले नोभेम्बर २० तारिख अनलाइन तवरले आयोजना गरेको हो।

Facebook Comments