एएफसी महिला एसियन कप छनोटः राम्रो खेल्दा खेल्दै पनि नेपाल एसियन कपमा छनोट हुन असफल
काठमाण्डू, २०८२ असार २१ गते शनिबार । उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि आज भएको खेलमा नेपाल एएफसी ओमन्स एसियन कप छनोटमा आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा हार व्यहोर्न बाध्य भएको छ ।

निर्धारित अवधिमा ३–३ गोल भएर अंक बाँडेपछि दुवै टिमको समान अंक भएको थियो । नतिजाका लागि सिधै पेनाल्टी सुटआउट गरिएको थियो । पेनाल्टीमा नेपाल ४–२ ले पराजित भएको हो । यस हारले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कप पुग्ने यात्रामा नेपाललाई तगारो लगाएको छ ।
Facebook Comments

