Sat. Jul 27th, 2024

चीनको फु तुङ क्षेत्रमा उच्च स्तरीय खुलापनलाई प्रवर्द्धन गर्नु र अन्तर्राष्ट्रिय सहकार्यलाई अरू बढाउनुपर्ने राष्ट्राध्यक्ष सीको भनाई

साङहाईस्थित फु तुङ क्षेत्र

काठमाडौं, २०७७ कात्तिक २८ गते शुक्रबार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको औधोगिक महानगरी साङहाईस्थित फु तुङ क्षेत्रमा उच्च स्तरीय खुलापनको प्रणालीलाई प्रवर्द्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई अरू बढाउनुपर्ने बताउनु भएको छ ।

फु तुङ खुलापन तथा विकासको ३०औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्नुहुँदै राष्ट्राध्यक्ष सीले प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले विश्व स्रोत-उर्जाको समन्वय र आपूर्ति क्षमतालाई सबल पार्नुका साथै नयाँ विकास हुने प्रारुपको पनि निर्माण गर्दै जाने कुरा बताउनुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले बितेका ३० वर्षयता फु तोङले केन्द्रीय समितिको निर्णय र बन्दोबस्तलाई रचनात्मक रुपमा व्यवहारमा उतारेर उल्लेखनीय उपलब्धि प्राप्त गरेको, अर्थतन्त्रको सन्दर्भमा प्रगतिशील विकासको सिर्जना गरेको, केन्द्रीत प्रतिस्पर्धात्मक शक्तिलाई ठूलो मात्रामा बलियो पारेको र जनताको जीवन स्तरलाई निकै माथि उकासेको कुरा औँल्याउनुभएको छ।

१२ तारिख बिहान राष्ट्राध्यक्ष सीले राष्ट्रिय रणनीतिको निर्देशनमा फु तोङ विकास र खुलापनको ३० ‌औँ वार्षिकोत्सव सम्बन्धी मुख्य विषयक प्रदर्शनीको निरीक्षण गर्नुका साथै उक्त समारोहमा सहभागी प्रतिनिधिहरूसति पनि भेटघाट गर्नुभएको छ।

सीआरआईका अनुसार उहाँको सम्बोधनबाट गएको तीस वर्ष यता फु तुङ क्षेत्रको विकासको अनुभवका साथै भविष्यको निर्देशन पनि प्रतिबिम्बित भएको देखिन्छ ।

सीको सम्बोधनअनुसार विश्व श्रोतलाई एकीकरण गर्ने क्षमता थप बलियो बनाउने र विकासको नयाँ प्रणालीको निर्माण गर्ने सेवा उपलब्ध गराउनु जरुरी छ । यी विषयहरू फु तुङ क्षेत्रको अझ उच्च स्तरीय रूपमा सुधार तथा खुलापन गर्नुपर्ने विषय हुन्।

फु तुङ क्षेत्रको आगामी विकासको उद्देश्य भनेको चीन स्वदेशी आर्थिक विकासको केन्द्र बन्नुका साथै स्वदेशी तथा विदेशी पारस्परिक आर्थिक विकासको रणनैतिक लिंक बनाउने भन्ने हो।

आउने तीस वर्षमा विश्वले फु तुङ र सम्पूर्ण चीनको विकासको बलियो शक्ति हेर्नसक्ने छ जुन विकासको क्रममा अरू बढी फाइदा पनि लिन सक्ने छ।

Facebook Comments