Sat. Jul 27th, 2024

तीन राष्ट्रिय दैनिकको कार्यालयमा पत्रकारहरूको धर्ना

काठमाडौं, २०७७ कात्तिक २६ गते बुधबार

नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा तीन वटा सञ्चार गृह अगाडि धर्ना दिएको छ।

अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि महासंघले दुई घण्टा धर्ना दिएको हो। कालो ब्यानरसहित महासंघका पदाधिकारी तथा पत्रकारहरूले धर्ना दिएका हुन्।

उनीहरूले श्रमजीवि पत्रकार ऐन तत्काल लागू गर्न माग गरेका थिए। यस्तै कोरोना महामारीको बाहनामा निकालिएका पत्रकारलाई पुन:बहाली गर्नुपर्ने माग उनीहरूको छ।

पारिश्रमिकबाट बञ्चित गराइएका पत्रकारलाई सञ्चार गृहले तत्काल पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग पनि उनीहरूको छ।

धर्नामा उपस्थित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार गृह सञ्चालकहरूसँग छलफल गर्दा पनि पत्रकारहरूको माग पूरा नभएकोले आन्दोलन गर्नुपरेको बताउनु भयो । सेतोपाटी अनलाईनबाट

Facebook Comments