Tue. Jul 28th, 2026

सामसुङका अध्यक्ष ली कुनहीको निधन

       

काठमाडौं, २०७७ कात्तिक ९ गते आईतबार

सामसुङ कम्पनीका अध्यक्ष ली कुनहीको निधन भएको छ । ७८ वर्षीय लीको आइतबार अस्पतालमा निधन भएको कम्पनीले जनाएको छ ।

ली ६ वर्ष पहिलेदेखि मुटु रोगी रहेको बताइएको छ।

‘सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुनहीको निधन भएको खबर ठुलो दुःखका साथ सम्प्रेषण गर्दछौँ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लीले सन् १९८७ मा सामसुङ ग्रुपको नेतृत्व सम्हाल्नु भएको थियो । ग्रुपका संस्थापक उहाँका पिता अध्यक्ष हुँदा कम्पनीले माछा तथा फलफुल निर्यात गर्ने गरेको थियो। त्यही बेला दक्षिण कोरियाको सबभन्दा ठुलो सामूहिक कम्पनी बनिसकेको थियो।

पछि लीको नेतृत्वमा सामसुङ नाफा कमाउनेमध्ये विश्वकै सबभन्दा ठुलो प्रविधि कम्पनीको रूपमा उदाएको थियो भनि एजेन्सीलाई उद्धत गर्दै अन्नपूर्ण पोष्ट दैनिक अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read