Wed. Jun 3rd, 2026

चिनियाँ फोटोग्राफरहरु बसन्तपुरमा आयोजित होलीपर्वमा सहभागी

राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना फ्रेन्डसिप फोरमको निमन्त्रणामा चीनबाट आउनुभएका फोटोग्राफर र फोटो पत्रकारहरुसँग आज रङहरुको पर्व होली खेलेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डूको बसन्तपुर दरबार क्षेत्रस्थित बसन्तपुर डबलीमा खिचिएको सामूहिक तस्बिर । तस्बिर : रासस

       

काठमाण्डू, २०८१ फागुन २९ गते बिहीबार । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका एक सय जना चिनियाँ फोटोग्राफरले काठमाण्डूको वसन्तपुरमा आयोजित फागु उत्सव दृश्यमा कैद गरेका छन् ।

फागुपूर्णिमाका अवसरमा आज बिहान वसन्तपुरमा आयोजित शुभकामना आदान प्रदान तथा सांगितिक कार्यक्रममा सहभागी हुन पुगेका एकसय जना चिनियाँ फोटोग्राफरहरुले नेपाली जनताले मनाउने फागुपर्वले आफुहरुलाई पनि आकर्षिक गरेको बताएका छन् । जुनसुकै धर्म, जात र सम्प्रदायका मानिसहरुले उत्साहपूर्व सहभागिता जनाउन सक्ने फागुपर्वले मित्रता, एकता र भाइचारा अभिवृद्धि गर्ने उनीहरुको भनाई छ । नेपालीहरु मात्र नभएर विश्वका विभिन्न देशबाट आएका पर्यटकहरुले पनि उत्साहपूर्वक सहभागीता जनाउने फागुपूर्णिमा पर्वको बारेमा आफूहरुले नयाँ अनुभव लिएको उनीहरुको टिप्पणी रहेको छ । चीन र नेपाल ऐतिहासिक कालदेखिका असल छिमेकी रहेको बताउनुहुँदै चिनियाँ फोटो पत्रकार सु स्वेले एक आपसमा विभिन्न रङहरु लगाएर खुसी खुशी आदान प्रदान गर्ने फागुपर्वमा नेपाली साथीहरुसँग शुभकामना आदान प्रदान गर्न पाएकोमा हर्ष व्यक्त गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२५ र नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालको पर्यटन प्रवद्र्धनका लागि चिनियाँ फोटोग्राफरहरुलाई आमन्त्रण गरिएको राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको भनाइ छ । यो मौसम चिनियाँ फोटोग्राफरलाई फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने प्रबन्ध गरिएको अध्यक्ष वन्तले जानकारी दिनुभयो । चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, पर्यटन, जीवनशैली र परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने विश्वास अध्यक्ष वन्तले व्यक्त गर्नुभयो ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँका प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्ने योजना रहेको छ । चिनियाँ फोटो पत्रकारहरुले फागुपर्व हर्षोल्लासका साथ मनाएका राष्ट्रिय फोटोपत्रकार समूहका उपाध्यक्ष शुनीलराज शर्माले जानकारी दिनुभयो ।

नेपाल-चीन सम्बन्धलाई सुदृढ बनाउदै नेपालको पर्यटनलाई नयाँ उचाइमा पु¥याउन यस्ता कार्यक्रमहरुले विशेष योगदान पु¥याउने विश्वास गरिएको छ । नेपाल-चाइना फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको संयोजनमा चिनियाँ फोटोग्राफरहरु फागु पूर्णिमा पर्वसंगै नेपालका विभिन्न संस्कृति, सम्पदा र पर्यटन क्षेत्रबारे फोटो खिच्न नेपाल आएका फोरमा अध्यक्ष डाक्टर कल्याणराज शर्माले जानकारी दिनुभयो ।

Facebook Comments