Fri. Sep 20th, 2024

थप एक हजार दुई सय एक्काईस जना सङ्क्रमित, कुल ३८ हजार ५ सय ६१

काठमाडौं, २०७७ भदौं १४ गते आईतबार

नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नाैसय  र संस्थागत आइसोलेसनमा दशहजार ६१२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ८२२  पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ७९७ रहेका छन् ।

मृत्यु १४ जना, कुल २२१ पुग्याे

पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरूषकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

केन्द्रीय कारागारमा थप ३५ जना कैदीबन्दीमा कोरोना सङ्क्रमण

सुन्धारास्थित केन्द्रीय कारागारमा थप ३५ जना कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । कारागारका सूचना अधिकारी देवर्षि सापकोटाले कोरोना सङ्क्रमणको पुष्टि भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उक्त कारागारमा यसअघि ३१ जना कैदीबन्दीमा कोरोना पोजेटिभ देखापरेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण देखा परेको उहाँले जानकारी दिनुभयो । कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि एकसय ७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments