Fri. Sep 20th, 2024

अमेरिकाले दक्षिण चीन सागरलाई समस्याको केन्द्र बनाउने कार्य रोक्नुपर्ने चीनको भनाइ

काठमाडौं, २०७७ भदौं १२ गते शुक्रबार

अगस्त २८ तारिख चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारले अमेरिकी रक्षा विभागलाई उद्धृत गर्दै अगष्ट २६ तारिख बिहान चीनले दक्षिण चीन सागरमा ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण शुरू गरेको जसले क्षेत्रीय शान्ति र सुरक्षालाई खतरामा पार्छ भन्ने विषयमा चीनको धारणा सोध्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले चीनको दक्षिणी सागरको सिशा द्बीप समूह नजिकको ठाउँमा चिनियाँ सेनाको तालिम कार्य चिनियाँ सेनाले गरेको नियमित कार्य रहेको बताउनुभयो। प्रवक्ता चाउले यो गतिविधि कुनै पनि देशबाट निर्देशित नहुने र दक्षिण चीन सागर विवादसँग यसको केही सम्बन्ध नहरेको भन्दै सम्बन्धित आरोपहरू आधारहीन र निराधार रहेको स्पष्ट पार्नुभयो।

प्रवक्ता चाउले केही समयका लागि अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गर्न र सैन्य उत्तेजनामा संलग्न हुनको लागि चीनको सार्वभौमिकता र सुरक्षा हितलाई हानी पुर्‍याउन बारम्बार र बृहत्तर रूपमा दक्षिण चीन सागरमा उन्नत युद्धक जहाज, युद्धपोत र जहाजहरू पठाएको बताउनुभयो। उहाँले अमेरिका दक्षिण चीन सागरमा शान्ति र स्थायित्वको विनासकारी र समस्याकर्ता हो भन्दै अमेरिकाले दक्षिण चीन सागरलाई समस्याको केन्द्र बनाउने काम रोक्नु पर्ने औँल्याउनुभयो।

Facebook Comments