Sun. Oct 20th, 2024

चिनियाँ नेता छन् काङ नेपाल भ्रमणमा

रमेश हतुवाली/काठमाण्डू, २०८१ कात्तिक ३ गते शनिबार । चिनियाँ राजनीतिज्ञ छन् काङ नेपालको तीन दिने भ्रमणमा काठमाण्डू आउनुभएको छ ।

आज  मध्यान्ह उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो । उहाँलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थलमा पुगेका थिए । नेता छन् काङ हाल चिनियाँ कम्युनिष्ट पार्टीको छिन्हाई प्रान्तका सचिवको रूपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गर्नुभएको थियो ।

छन् काङले याङचोउ नर्मल युनिभर्सिटीको रसायन शास्त्र विभागबाट स्नातक गर्नुभएको छ भने उहाँले हार्पिन इन्स्टिच्युट अफ टेक्नोलोजीको एप्लाइड केमेस्ट्री विभागबाट स्नातकोत्तर डिग्री प्राप्त गर्नुभएको छ । त्यसैगरी उहाँ पेकिङ विश्वविद्यालयबाट अकार्बनिक रसायन शास्त्रमा विद्यावारिधि हुनुहुन्छ । उहाँ १९ औँ सीपीसी केन्द्रीय समितिका वैकल्पिक सदस्य र २० औँ सीपीसी केन्द्रीय समितिका सदस्य पनि हुनुहुन्छ ।

नेता छन् काङले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । उहाँले भोलि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments