Wed. Oct 9th, 2024

बडादशैंको छौटौं दिन आज माता कात्यायनी देवीको पूजाआजा गरिँदै

भिओके समाचार/काठमाण्डू, २०८१ असोज २३ गते बुधबार । आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड बडादशैंको छैठौं दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घर घरका पूजाकोठाहरुमा माता कात्यायनी भगवतीको पूजा आराधना गरिँदै छ ।

नवदुर्गाको छैटौं दिन शक्तिस्वरुपा देवी कात्यायनीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । कात्यायनी देवीलाई साहसको प्रतीक मानिन्छ । कात्यायनी देवीको उपासना र आराधना गर्नाले साहस प्राप्त हुने शास्त्रीय कथन रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

बडादशैंको अवसरमा काठमाण्डूको मैतीदेवी, भद्रकाली, नरदेवी, कालिकास्थान, दक्षिणकाली, नक्साल भगवती, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, सप्तरीको छिन्नमस्ता, कंकालिनी माई लगायत देशैभरका शक्तिपिठहरुमा दर्शनार्थी र भक्तजनहरुको घुईचो लागेको छ ।

Facebook Comments