Sun. Apr 28th, 2024

पाटनमा चिनियाँ हस्तकलाको प्रदर्शनी

काठमाडौं, २०७६ कार्तिक २० गते बुधबार
चीनको हस्तकला तथा अमूर्त साँस्कृतिक सम्पदा प्रदर्शनी बुधबार विहान ललितपुरको पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा सुरू भएको छ। सो प्रदर्शनीमा स्टिलका धातुबाट बनाइएका, कागज काटेर बनाइएका र काठमा रंग कुँदेर बनाइएका ३० सेटका हस्तकला बस्तुहरू राखिएका छन्।

प्रदर्शनी उद्धाटन समारोहमा नेपालका लागि चिनियाँ राजदूताबासको संस्कृति विभागका प्रमुख छतान पाइमुले चीनको हस्तकलाको महत्व र विशेषताबारे जानकारी दिनुभयो। आज प्रदर्शन भएका हस्तकलाका वस्तु चीनको लामो इतिहास बोकेको छन्। यिनीहरु चीनको सांस्कृतिक तथा कलात्मक मूल्यवान धन हुन्। यी सम्पदाको पर्याप्त कला र उत्कृष्ट सीपले विश्वमा धेरै नामी छन् पाइमुले भन्नुभयो ।


समारोहमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वमा चीन र नेपालको पुरातत्वको संरक्षण र चीनका स्थानबारे चर्चा गर्नुभयो। उहाँले भन्नुभयोस् सांस्कृतिक सम्पदाको संवर्द्धन र संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ। चिनियाँ कलाको प्रदर्शनले दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई सहयोग पुर्याउने छ। दुईवर्ष पहिले चीनको सिचुवान प्रान्तको छन्दुमा पनि नेपाली कलाको प्रदर्शन गरिएको थियो।


सो प्रदर्शनी आगामी मंसिर ४ गते सम्म सञ्चालन हुनेछ।

Facebook Comments