Sat. Apr 20th, 2024

लिपुलेकमा भारतीय हस्तक्षेप अस्विकार्य : प्रचण्ड

काठमाडौं, २०७६ कार्तिक २० गते बुधबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको बताउनु भएको छ। दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य नहुने बताउनु भयो । ‘यसबारेमा मैले पूर्ण रुपमा बुझन पाएको छैन । तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन । उहाँले भन्नुभयो‘ सीमाका विषयमा हामी कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं । ’

आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्ट रुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताउनु भयो । ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसंग यस विषयमा मैले स्पष्ट कुरा राखेको थिएँ । उहाँले भन्नुभयो ‘तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्नेछ । ’
नयाँ पत्रिका दैनिकका अनुसार अर्को एक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले हालको सरकार परिवर्तन हुने हल्ला निराधार भएको दाबी गर्नुभयो । । जनताले दुइ तिहाइ मत दिएर पठाएको सरकारले ५ वर्ष अविचलित रुपमा काम गर्ने उहाँको भनाई थियो । ‘ सरकार परिवर्तन हुने र म प्रधानमन्त्री हुने भन्ने हल्ला निराधार हो । हल्लाका पछि नलाग्दा हुन्छ । ’ उहाँले भन्नुभयो ‘ सरकार ५ वर्षसम्म परिवर्तन हुँदैन । ’

दाङ प्रदेशकै केन्द्रका रुपमा रहेको बताँउदै उहाँले राजधानीका सवालमा पनि दाङ केन्द्र बन्न सक्ने बताउनु भयो ।

Facebook Comments