Mon. Sep 30th, 2024

यमनको होड डाहमा इजरायली हवाई आक्रमण: ४ जनाको मृत्यु, ४९ जना घाइते

यमन,  २०८१ असोज १४ गते सोमबार । यमनको रेड सी बन्दरगाह सहर होदेइदाहमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य ४९ जना घाइते भएका छन् । अल–मासिराह टिभीले आक्रमणहरूलाई इजरायली आक्रमण भनेर वर्णन गरेको छ ।

रास इसा क्षेत्रमा बन्दरगाह र अल–हली र अल–काथीब जिल्लाहरूमा रहेको पावर स्टेसनहरूमा आक्रमण भएको बताइएको छ । अल–हली बिजुली केन्द्रमा बन्दरगाहका कामदार र तीन इन्जिनियरहरूसहित चार जनाको मृत्यु भएको छ ।

Facebook Comments