Mon. Sep 30th, 2024

वीपी राजमार्ग : तत्काल सञ्चालन नहुने

काठमाण्डू, २०८१ असोज १४ गते सोमबार । बाढीले क्षति भएको बीपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ ।

वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुनसक्ने अवस्था नरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

बाढीले बीपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्डको विभिन्न स्थानमा सडक क्षति गरेका कारण तत्काल जिल्लाको भकुण्डेबाट पूर्वतर्फ सडक सञ्चालन हुने अवस्था नरहेको कार्यालयले जनाएको हो ।

कार्यालयका प्रमुख सिडिई सुमन योगेशले रोसीमा आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा गरेर १५ सय मिटर सडक ध्वस्त भएकोले तत्काल यातायात सञ्चालन सम्भव नभएको बताउनुभयो । उहाँले तत्कालका लागि भकुण्डेसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट थप सञ्चालन सम्भव नभएको बताउनुभयो । नेपाल टेलिभिजन

Facebook Comments