Mon. Sep 23rd, 2024

काउन्सिलको ५५औँ वार्षिकोत्सव सम्पन्न   

काठमाण्डू, २०८१ असोज ६ गते आइतबार । प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवका अवसरमा आज काठमाण्डूमा आयोजित एक कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको समुपस्थितिमा राष्ट्रपति भवनमा रु एक लाख ५१ हजार राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी र नेपाल पे्रस इन्स्टिच्युटलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

काउन्सिलले रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार बद्री सिग्देललाई प्रदान गरेको छ । त्यस्तै, रु ५० हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ रातोपाटी डटकमलाई प्रदान गरिएको छ ।

त्यसैगरी, रु २० हजार राशिको ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ सञ्चारकर्मी होम कार्की (काठमाण्डू), प्रकाश तिमिल्सिना (काठमाण्डू), श्याम श्रेष्ठ (केएमजी ग्रुप) (काठमाण्डू), शिवराज भट्ट (कैलाली) र लीलाराज भट्टराई (सुनसरी) लाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ दुर्गा खनाल (कान्तिपुर), कृष्णा पौडेल (काठमाण्डू), दीपक रिजाल (काठमाण्डू), रोशन श्रेष्ठ (काठमाण्डू), खडकबहादुर श्रेष्ठ (प्रताप) (पर्सा), प्रकाशचन्द्र भट्टराई (तनहुँ), दिलीप पौडेल (बाग्लुङ), ध्रुव सुवेदी (भोजपुर), रमेश तिवारी (झापा), शन्तराम विडारी (काठमाण्डू), राजेन्द्र कार्की (जाजरकोट), लक्ष्मण तिवारी (कञ्चनपुर), भरतराज विष्ट (कालिकोट) र सविन प्रियासन थारू (दाङ)लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु जनही १२ हजार रहेको छ ।

रु दश हजार राशिको ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ आश गुरुङ (लमजुङ), सङ्गीता तिमिल्सिना (बाजुरा), पुष्प बराल (झापा), भानुभक्त आचार्य (कैलाली), अरुण बम (डोटी), रुद्रमणि भुसाल (अर्घाखाँची), प्रवीर ददेल (रुकुम पश्चिम), केदार शिवाकोटी (दोलखा), अनिल खत्री (गुल्मी) र मुकुन्द भण्डारी (रेडियो नेपाल) लाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ प्रतीक्षा काफ्ले (स्याङ्जा) र इन्दिरा अर्याल (पाल्पा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

यो वर्षको ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रमेश विश्वकर्मा (गुल्मी), श्रवण देव (सप्तरी), वीणा श्रीवास्तव (रौतहट), श्यामबाबु यादव (बारा) र रामसुकुल मण्डल (महोत्तरी) लाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि पनि रु १० हजार रहेको छ ।

राससका अनुसार  जनही रु दश हजार राशिको ‘प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार’ निरजराज जोशी, श्यामकृष्ण दाहाल, ज्ञानेन्द्र कार्की (फोटो पत्रकार), भागवत भट्टराई (काठमाण्डू), अखिल सिटौला (काठमाण्डू) र प्रकाश आचार्य (बुटवल) लाई प्रदान गरिएको छ ।

त्यसैगरी, रु दश हजार राशिको ‘प्रेस काउन्सिल साहित्यिक पुरस्कार’ र ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ क्रमशः हाम्रो पुरुषार्थ (साहित्यिक पत्रकार) र नेपाल भाषा, नपेन्द्रलाल श्रेष्ठ (लहान साप्ताहिक) ले प्राप्त गरेको छ ।

त्यस अवसरमा पत्रकारहरु ज्ञान उदास, देवेन्द्र चुडाल, केदारबाबु तिवारी, चित्राङ्ग थापा, बलदेव अवस्थी, खगेन्द्र खत्री, हरिविनोद अधिकारी, उषा लोहनी, खुर्सिद आलम, विष्णुप्रसाद सुवेदी, बोधराज त्रिपाठी, बालकुमार नेपाल, प्रमोदकुमार सिंह, ईश्वरी वाग्ले, ईश्वरीप्रसाद काफ्ले र जन्मदेव जैसीलाई सम्मान गरिएको थियो ।

राससकर्मी पुरस्कृत    
यसैबीच, आज प्रेस काउन्सिल नेपालले तीनजना राससकर्मीलाई पनि पुुरस्कृत गरेको छ ।

काउन्सिलले राससकर्मी नारायण ढुङ्गानालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, राससकर्मी कालिका खड्का र रुपनी जिएमलाई प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

Facebook Comments