Sat. Sep 21st, 2024

साफ यु-१७ च्याम्पियनसिप खेल्ने नेपाली युवा फुटबल टोलीको बिदाइ

काठमाण्डू, २०८१ असोज १ गते मंगलबार । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यु-१७ च्याम्पियनसिप खेल्न भुटान जाने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिप सेप्टेम्बर २० देखि ३० तारिखसम्म भुटानमा हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा नेपाल, घरेलु टोली भुटान, श्रीलङ्का र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश रहेको छ ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले सेप्टेम्बर २३ मा श्रीलङ्का र २५ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यसैगरी एन्फाले एसियन कप यु-२० छनोटका लागि ताइपेइ जाने  नेपाली यु-२० राष्ट्रिय टोलीको पनि बिदाइ गरेको छ । खेलाडीलाई मङ्गलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतले बिदाइ गर्नुभयो । गोरखापत्र

Facebook Comments