Fri. Sep 20th, 2024

उपसभामुख राना रसिया प्रस्थान

काठमाण्डू, २०८१ असोज १ गते मंगलबार । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गर्नुभएको छ । रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको उडानबाट आज रसियाको भ्रमणमा जानुभएको हो ।

उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गतेसम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उहाँले उक्त फोरमलाई सम्बोधन गर्ने बताइएको छ ।

भ्रमण सकेर उपसभामुख राना असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

Facebook Comments