Fri. Sep 20th, 2024

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक

काठमाण्डू, २०८१ असोज ४ गते शुक्रबार । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो वेबसाइटमार्फत आज सार्वजनिक गरेको हो । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ मा चार जनालाई कारबाही गर्न सिफारिस गरेको उल्लेख छ । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

प्रतिवेदनको पूर्ण विवरण :

https://hr.parliament.gov.np/np/publication/1726814758

Facebook Comments