Sat. Sep 21st, 2024

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ : हमास अधिकारी

इस्तानबुल,२०८१ भदौ ३१ गते सोमबार  । हमासका एकजना वरिष्ठ अधिकारीले आइतबार गाजामा ११ महिनाभन्दा लामो युद्धमा क्षति भए पनि प्यालेस्टिनी इस्लामिक आन्दोलनसँग इजरायलसँगको युद्ध जारी राख्न पर्याप्त स्रोतहरू भएको बताएका छन् ।

“प्रतिरोध जारी राख्ने क्षमता उच्च छ”, ओसामा हमदानले इस्तानबुलमा एक अन्तरवार्तामा भन्नुभयो, “त्यहाँ सहिद थिए, बलिदान थियो तर बदलामा अनुभवहरूको सञ्चय भएको छ र प्रतिरोधमा नयाँ पुस्ताको भर्ती भएको छ ।”

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले पत्रकारहरूलाई अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्ने हमास गाजामा सैन्य सङ्गठनका रूपमा ‘अब अस्तित्वमा छैन’ भनेको एक साताभन्दा पनि कम समयमा हमदानको उक्त टिप्पणी आएको हो ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले बन्दी बनाएका बन्धकहरूलाई रिहा गर्ने सम्झौता गर्न बढ्दो घरेलु दबाबको सामना गर्नुभएको छ ।

यसै महिना इजरायलले गाजामा एक सुरुङमा हमासले ‘मृत्युदण्ड’ दिएका छ बन्धकको शव फेला पारेको घोषणा गरेपछि इजरायलमा शोक र क्रोधलाई बढायो भने जेरुसेलम र तेल अभिवमा छोटो तर ठूलो आम हडताल आह्वान भयो ।

तर अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले महिनौँसम्म जारी वार्ता स्पष्ट रूपमा रोकियो ।

आइतबार अन्तरवार्तामा हमदानले इजरायलको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक अमेरिकाले रक्तपात अन्त्य हुनेगरी नेतान्याहुबाट स्वीकृति लिने प्रयास नगरेको बताउनुभयो ।

“अमेरिकी प्रशासनले इजरायली पक्षमाथि पर्याप्त वा उचित दबाब दिँदैन”, उहाँले भन्नुभयो, “बरु उसले इजरायली पक्षको कुनै पनि प्रतिबद्धतालाई बेवास्ता गरेको औचित्य साबित गर्न प्रयास गरिरहेको छ ।” एएफपी

Facebook Comments