Mon. Apr 29th, 2024

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा गालवान उपत्यकाको दुर्घटना बारे जानकारी

काठमाडौं, २०७७ असार ६ गते शनिबार

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले जुन १९ तारिख नियमित पत्रकार सम्मेलनमा चीन र भारतबीचको सीमा क्षेत्रस्थित गालवान उपत्यकामा हालै भएको दुर्घटनाबारे जानकारी दिनुभएको छ।

भारतले चीनसँगको साझा उद्देश्यतर्फ दुई देशका नेताहरूबीचको महत्वपूर्ण सहमति बमोजिम दुवै पक्षीय सो मामिला सम्बन्धी सम्झौताको नियमलाई पालन गरी सैनिक तथा कुटनीतिक उपायमार्फत समस्याको राम्रोसँग समाधान गर्न चीन इच्छुक रहेको चाउ ली च्यानले बताउनुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार प्रवक्ता चाउले गालवान उपत्यका चीन भारतबीच सीमा क्षेत्रको पश्चिमतिर चीनले वास्तविकरूपमा नियन्त्रण गरेको क्षेत्र रहेको हो र चिनियाँ सैनिकहरू गएका केही बर्षदेखि त्यहाँ गस्ती गरिरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार गत अप्रिलदेखि भारतको सैन्य टोलीले एक पक्षीयरूपमा गालवान उपत्यकाको धेरै नजिक बाटो र पुल निर्माण सुरु गरेको थियो। चीनले यस मामिलाबारे भारतसँग सम्पर्क गरी वैचारिक आदान-प्रदान गरेपछि मे ६ तारिख राति भारतको सैन्यले गालवान उपत्यका पार गरी केही बाधाहरू सिर्जना गरेको थियो।

चीनले सैन्य तथा कुटनीति उपायमार्फत यस समस्याबारे भारतसँग कुरा गरेपछि भारतले ती बाधाहरू र आफ्नो सीमा क्षेत्रमा नपरेका निर्माण गरिएका बस्तुहरु भत्काउन स्वीकार गरेको थियो। जुन ६ तारिख सो मामिलाको समाधान गर्नका लागि चीन र भारतबीचको सेनापतिस्तरीय सहमति भएको थियो।

तर जुन १५ तारिख राति भारतीय सैनिकहरूले गालवान उपत्यकामा शान्तिपूर्ण परिस्थितिमा चीन भारत दुई देशका सेनापतिस्तरीय सहमतिलाई उल्लङ्घन गर्दै सिमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा पार गरी चिनियाँ सैनिकहरूमाथि हिंसात्मक आक्रमण गरेका थिए। सो आक्रमणबाट दुई पक्षबीच शारीरिक संघर्ष उत्पन्न भई केही व्यक्ति हताहत र मृत्यु समेत भएको थियो।

जुन १७ तारिख चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले भारतका विदेशी मन्त्री सुब्रह्मण्यम जयशंकरसँग टेलिफोनद्वारा वार्ता गर्नुभएको थियो।  वाङ यीले वार्तामा भारतको यस्तो गतिविधिले दुई देशबीचको सीमा सम्बन्धी बिषयमा भएको सहमति र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नियमलाई गम्भीररूपमा उल्लंघन गरेको  विचार व्यक्त गर्नुभयो। चीनले फेरि एक पटक भारतले गरेको यस्ता गतिविधिको कडा निन्दा गरेको पनि परराष्ट्रमन्त्री वाङले टेलिफोन वार्तामा बताउनुभयो।

Facebook Comments