Sun. Apr 28th, 2024

कोरोनाका कारण थप एकको मृत्यु, कुल मृतक सङ्ख्या ९ पुग्यो, २०१ जनामा कोरोना पुष्टि

काठमाडौं,२०७७ जेठ २१ गते बुधबार

नेपालमा थप एक जनाकाे कोरोनाका करण मृत्यु भएको छ ।

योसँगै नेपालमा काेराेनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या नौ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयाे ।

पछिल्ला मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको र उहाँलाई अस्वस्थ भएपछि केही समयपहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे गरिएकाे थियाे । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २०१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् ।

थप हुनेमा धनकुटा १, सप्तरी १, ताप्लेजुङ ३, झापा १, पाँचथर १, सुनसरी ७, पर्सा ७, दैलख १, सल्यान ३, मोरङ ५, झापाका १, तेह्थुम १, सुनसरी १, कैलाली ३, डोटी २, कपिलबस्तुका ६७, पाल्पा २, रुपन्देही २६, महोत्तरी ९, दैलेख ६, कालिकोट ७, दाङ ५, प्युठान २, धनुषा १, कविलबस्तुका २, काठमाडौँ मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहट ११, रुपन्देही १, सर्लाही १५, सिन्धुपाल्चालेक १ रहेका छन् ।

डिस्चार्ज कुल २७८ जना

क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ रहेका छन् । डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ । पुरूष २२२ जना र ५६ जना महिला निकाे भएका छन् ।

सङ्क्रमित हुने जिल्ला ६४

सङ्क्रमित हुने जिल्ला ६४ पुगेकाे छ । ताप्लेजुङ् र तेह्रथुम जिल्लामा सङ्क्रमित थपिएकाे छ ।

Facebook Comments