Fri. Oct 18th, 2024

शेयर बजार सामान्य वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८१ असार ५ गते बुधबार ।  शेयर बजार आज सामान्य अंक बढेर बन्द भएको छ । गत साताको बिहीबारदेखि घट्न थालेको शेयर बजार मापक नेप्से आज भने सामान्य अंक वृद्धि भएको हो । आज नेप्से २.२७ अंक बढेर २०७८.७६ विन्दुमा पुगेको छ ।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढे पनि वित्त उपसमूहको परिसूचक अन्यको तुलनामा उच्च दरमा बढेको छ । आज फाइनान्स उपसमूहको परिसूचक २.६२ प्रतिशत वृद्धि भएको छ । बैंकिङ्ग, जलविद्युत्त, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । व्यापार उपसमूहको परिसूचक भने आज सर्वाधिक १.३२ प्रतिशत घटेको छ ।

नेप्से सामान्य अंक बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ९.८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज पनि नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २० करोड २३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । अन्य स्टकहरुको कारोबार रक मभने १० करोडभन्दा कम रहेको छ ।

Facebook Comments