Fri. Oct 18th, 2024

प्रतिनिधि सभाको बैठक: प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे सदनलाई जानकारी दिनुहुने

- प्रत्यक्ष प्रसारणसमेत

काठमाण्डू, २०८१ असार ६ गते बिहीबार । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छे-९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । प्रधानमन्त्रीले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको पनि जवाफ दिनुहुने तालिका रहेको छ ।

राससका अनुसार विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्रीहरुले प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ ।

Facebook Comments