Tue. Jul 28th, 2026

चिनियाँ र इक्वीटोरियल गिनीका राष्ट्रनायकबीच भेट-वार्ता

       

काठमाण्डू,२०८१ जेठ १६ गते बुधबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको राजकीय भ्रमणमा रहनुभएका इक्वीटोरियल गिनीका राष्ट्रपति टेओडोरो ओबेन न्गुएमा म्बासोगोसँग भेट-वार्ता गर्नुभएको छ।

चीनको राजधानी पैचिङस्थित जनवृहत सभा भवनमा हिजो भएको सो भेटमा उहाँहरुले पारस्परिक सहयोगका दस्तावेजहरुको हस्ताक्षर समारोहमा पनि भाग लिनुभएको थियो। सोही दिन उहाँहरुले आपसी सम्बन्धलाई चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धसम्म उकास्ने घोषणा गर्नुभएको चाइना मिडिया ग्रुपले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read