प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा (फोटो फिचर)
- २५६८ औँ बुद्धजयन्ती
![](http://voiceofkathmandu.com/wp-content/uploads/2024/05/PradeeprajOnta_KTM_RSS-10_IMG_06263.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २५६८औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नु अगाडि ध्यान गर्दै । तस्बिर: प्रदीपराज वन्त/रासस
काठमाण्डू, २०८१ जेठ १० गते बिहीबार । २५६८ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पुग्नु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोहको आयोजना भैरहेको छ ।
![](http://voiceofkathmandu.com/wp-content/uploads/2024/05/PradeeprajOnta_KTM_RSS-10_IMG_06262.jpg)
![](http://voiceofkathmandu.com/wp-content/uploads/2024/05/PradeeprajOnta_KTM_RSS-10_IMG_06261.jpg)
बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बुधबार लुम्बिनी पुग्नु भएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी तथा विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको छ ।