सभामुखद्वारा उँभौलीको शुभकामना
![](http://voiceofkathmandu.com/wp-content/uploads/2023/01/devraj-ghimire-sabhamukh-768x451-1.jpg)
काठमाण्डू,२०८१ जेठ १० गते बिहीबार । सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित शुभकामना व्यक्त गनुभएको छ ।
![](http://voiceofkathmandu.com/wp-content/uploads/2024/05/Sakela-Khotang.jpg)
सभामुख घिमिरेले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।
![](http://voiceofkathmandu.com/wp-content/uploads/2024/05/Sakela-Khotang_.jpg)
उँभौली पर्वमा सजिएका किरात समुदाय । फोटो : संगीता राई
“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो”, सभामुख घिमिरेले सन्देशमा उल्लेख गर्नुभएको छ । हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेंसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ । रासस