Tue. Apr 30th, 2024

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

काठमाडौं, २०७६ फागुण ४ गते आईतबार

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ।

महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धि लागेको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो। तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ। आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको हो।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्य लगायत वकिलहरु र सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलरुले बहस गरेका थिए। संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो। महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा छन्। नागरिकन्यूज अनलाईनबाट

Facebook Comments