Fri. Sep 20th, 2024

जिप दुर्घटनामा चारजनाको मृत्यु

मध्यविन्दु, २०७९ मंसिर १५ गते बिहीबार । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको छ ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्ता पूर्व०का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गर्नुभयो ।

दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो ।

घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका-५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । रासस

Facebook Comments