Fri. Sep 20th, 2024

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधनप्रति दुःख व्यक्त

काठमाडौं, २०७९ मंसिर १५ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति च्याङ चमिनको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई आज शोक सन्देश पठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सन्देशमा पूर्वराष्ट्रपति च्याङ चमिनको निधनले नेपालले एक सच्चा र प्रतिष्ठित मित्र गुमाएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको घनिष्ठ मित्रता र सहयोगलाई थप सुदृढ बनाउन सन् १९९६ मा पूर्व राष्ट्रपति च्याङ चमिनको नेपालको औचापरिक भ्रमणको समेत स्मरण गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङलाई आफ्नो शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति च्याङ चमिन नेपालको परममित्र र शुभचिन्तक रहनुभएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच लामो समयदेखिको सौहार्दता, मित्रता र सहयोगको सम्बन्धलाई सुमधुर बनाउन पूर्वराष्ट्रपति च्याङ चमिनले पुर्याउनुभएको योगदानको पनि स्मरण गर्नुभएको छ ।

Facebook Comments