Fri. Sep 20th, 2024

ओलीद्वारा गोला तानेर कुराकानी

भिओके समाचार/ २०७९ कात्तिक ४ गते शुक्रबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लगायत समसामयिक विषयमा सर्वसाधारणसँग टेलिफोन संवाद गर्नुभएको छ ।  नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा आफैले फोन गरेर कुराकानी गर्नुभएको हो ।

शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग कुराकानी गर्नुभएको हो । ओलीले आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयको दाबी छ।

ओलीले ट्वीट गर्दै उत्साहपूर्ण सहभागीता जनाएकोमा धन्यवादसमेत दिनुभएको थियो ।

Facebook Comments