Fri. Sep 20th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन सम्पन्न, नव निर्वाचित पदाधिकारीहरुले भोलि पत्रकार सम्मेलन गर्ने

- महाधिवेशनको सातौं दिन

भिओके समाचार/२०७९ कात्तिक ५ गते शनिबार ।  चीनको राजधानी पैचिङमा एकसातादेखि चलिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।

रे टेलिभिजनको सञ्चार साझेदार संस्था चाइना मिडिया ग्रुपका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरो स्थायी समितिका नवनिर्वाचित सदस्यहरूले चिनियाँ समय अनुसार भोलि मध्याह्न १२ बजे चिनियाँ तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधीहरुसँग पत्रकार सम्मेलनमा भेट गर्नु हुने कार्यक्रम रहेको छ ।

सो पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप लगायतका चिनियाँ संचारमध्यमले रेडियो, टेलिभिजन, वेभसाइट, मोबाइल लगायतका नयाँ मिडियाबाट प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनलाई लिएर नेपाल र विश्वका विभिन्न सञ्चारमाध्यमहरुले प्रार्थमिकताकासाथ समाचार प्रसारण तथा प्रकाशन गरिरहेका छन् । कतिपय सञ्चार माध्यमहरुले वर्तमान महासचिव सि चिनफिङ तेस्रो कार्यकालको लागि पुन निर्वाचित हुनुभएको समाचारहरु लेखेका छन् । सामाजिक सञ्जालहरुमा पनि चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले राम्रो चर्चा कमाएको छ ।

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले रे टेलिभिजनसँग कुरागर्दै चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चीनलाई विश्वको पहिलो आर्थिक शक्तिको रुपमा स्थापित गर्न र चीनले व्यहोर्नु पर्ने भावि चुनौतीहरुसँग जुध्न सक्ने प्रभावशाली हुने बताउनु भएको छ ।

कुटनीतिज्ञ श्रेष्ठले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन जो पहिलो हुने दिशामा अग्रसर हुँदैछ, त्यसलाई कार्यान्वयन गर्ने दस्तावेजको रुपमा आफुले सी चिनफिङको प्रतिवेदनलाई लिएको बताउनु भयो ।

Facebook Comments