Sat. Oct 19th, 2024

छोरी जन्मिएपछि ३ तलामाथिबाट हामफालेर आत्महत्या प्रयास

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज २८ गते शुक्रबार । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह हस्पतालको ३ तलामाथिबाट एक पुरुषले हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका स्वयम् तामाङले बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।

कपनमा बस्दै आएका तामाङ श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि आत्महत्या गर्ने उद्देश्यले हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

Facebook Comments