Sat. Oct 19th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू पैचिङमा

पैचिङ, २०७९ असोज २८ गते शुक्रबार । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको पैचिङ पुग्ने क्रम जारी रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन यही अक्टोबर १६ तारिख पैचिङमा आयोजना हुँदैछ । महाधिवेशनको अवधिमा २ हजार २०० प्रतिनिधिले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदन सुनुवाइ र लेखाजोखा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनको लेखाजोखा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू र सर्वसाधारणहरूको प्रस्ताव पेश गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीका महत्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने छन् ।

महाधिवेशनलाई मध्यनजर गर्दै राजधानी पैचिंगका चोक र सडकहरु भव्य रुपमा सजिसजाउ पारिएका छन् । सीएमजी

Facebook Comments